Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • लागूऔषधसहित भारतीय गिराेह पक्राउ

    लागूऔषधसहित भारतीय गिराेह पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । लागूऔषध र मनोद्विपक पदार्थसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोद्वारा खटिएकाे प्रहरी टाेलीले पछिल्लो १२ दिनमा सञ्चालन गरेको कारवाहीका क्रममा तीन महिलासहित १२ जना पक्राउ परेका हुन्। उनीहरूकाे साथबाट ८ हजार ११ एम्पुल ट्याब्लेट र नाईट्राभेट ५ सय ४० ट्याब्लेट ब्यूराेले बरामद गरेकाे छ।

    मुख्य नाका वीरगञ्जमा लागूऔषध नेपाल ओसार–पोसार गर्ने भारतको मोतिहारी पूर्वी चम्पारणका २४ वर्षीय विकासकुमार र सोही ठाउँका २४ वर्षीय विकास कुरामा रामलाई समेत पक्राउ गर्न सफल भएको जनाएको छ ।



    उनीहरुको साथबाट बुप्रेनोर्फिन ४ सय एम्पुल, डाइजेपाम ४ सय एम्पुल र फेनारगन ४ सय एम्बुल समेत बरामद भएको छ । उक्त कारोबारमा संलगन काभ्रे धुलिखेल ६ का उद्दव आचार्य (६०) लाई समेत पक्राउ गरिएको छ । चैत १ गते काठमाडौंको कलंकीबाट पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा उनीहरुलाई पक्राउ गरिएको व्युरोका प्रमुख वसन्तबहादुर लामाले बताए।



    चैत १ गते प्ररीले बुप्रेनोर्फिन १ हजार एम्पुल, डाइजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुलसहित पर्साको वीरगञ्ज महानगरपालिका १३ का मैंयादेवी श्रेष्ठ (५२), वडा नम्बर १५ का ज्योती बराल (२४)लाई पक्राउ गरेको थियो ।

    व्युरोले फागुन २८ गते काठमाडौंको गोकर्णेश्वर ८ बेसीगाउँबाट बुप्रेनोर्फिन ६६० एम्पुल, डाईजेपाम ५९१ एम्पुल, फेनारगन ६१५ एम्पुल, नाईट्राभेट ५४० ट्याब्लेट र लागुऔषध कारोबारको रकम १ लाख ९४ हजार ५ सयसहित सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ७ का राजिव तामाङलाई पक्राउ गरेको छ ।

    उनीसँगै ओखलढुंगा, सिद्धिचरण नगरपालिका ७ का सरोज राई (२१) लाई पक्राउ गरिएको व्युरोले जनाएको छ । यसैगरी फागुन २२ गते बल्खुबाट बुप्रेनोर्फि, डाईपेजाम र फेनारगन ३—३ सय एम्पुलसहित बाराको कलैया ७ बाट पचुदास गिरी (३५) लाई पक्राउ गरिएको छ ।

    लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले फागुन २० गते नुवाकोट सुर्यगढी नगरपालिका ५ का सरोज पौडेल (२५), सिन्धुपाल्चोक इन्द्रवती ४ का उर्मिला तामाङ (२२), धादिङको निलकण्ठ नगरपालिका १ का राजकुमार गुरुङ (२९) र महोत्तरी मटिहानी नगरपालिका ८ का इमतियाज नदाफलाई बुप्रेनोर्फिन ३९६ एम्पुल, डाइजेपाम २४४ एम्पुल र फेनारगन ४०५ एम्पुलसहित नियन्त्रणमा लिइएको जनाएको छ । नेपालमा लागूऔषध भित्रिने मुख्य नाकाहरु वीरगञ्ज, काँकडभित्ता र सुनौली रहेको प्रहरीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार