काठमाडौं। बलात्कार र महिला हिंसाविरुद्ध माइतीघरमा अनौठो तरिकाले प्रदर्शन गरिएको छ ।
‘अझै कति सहने’ अभियानद्वारा शनिबार आँखामा कालो पट्टी समेत बाँधेर प्रदर्शनकारीहरुले बिभिन्न नारासहित प्रदर्शन गरेका हुन ।
उनीहरुले कालो पोशाकका साथै कालै मास्क पहिरिएका थिए । बलाकारविरुद्धका बिभिन्न नारा लेखिएका ब्यानरसहित प्रदर्शन गरेका गरेका उनीहरुले सामाजिक दूरी भने अपनाएका थिए।
उपत्यकाबाहिरका विभिन्न स्थानमा समेत यो अभियानका नाममा प्रदर्शनहुँदै आएको छ ।
अभियानले बलात्कारीहरूलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग समेत गर्दै आएको छ ।
Leave a Reply