Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • २४ घण्टामा उपत्यकामा थपिए १५ सय १२ जना कोरोना संक्रमित

    २४ घण्टामा उपत्यकामा थपिए १५ सय १२ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, २२ कार्तिक २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । उपत्यकामा मात्र १५ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८७ पुरुष र ६२५ महिला गरेर २४ घण्टामा उपत्यकामा १५ सय १२ संक्रमित थपिएका हुन्।



    योसँगै काठमाडौं जिल्लामा मात्र होम आइसोलेनमा बस्नेको संख्या ११ हजार ५७० पुगेको छ। ललितपुरमा १८०३ र भक्तपुरमा १७ सय ५० जना होम आइसोलेशनमा छन्।



    काठमाडौं मा मात्र ७० हजार ७७३ जनामा संक्रमण पुष्टि भएको छ।

    भक्तपुरमा अहिलेसम्म संक्रमितको संख्या ६ हजार ४३० पुगेको छ।  नेपालमा २४ घण्टामा २७ सय ५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ।

    मन्त्रालयका अनुसार २४ घण्टामा २२ सय ६ जना डिस्चार्ज भएका छन्। योसँगै कुला डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ।

    एकै दिन १७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या भने एक हजार ८७ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार