Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्री ओलीलाई भेटेपछि स्वदेश फर्किए भारतीय सेनाध्यक्ष नरवणे

    प्रधानमन्त्री ओलीलाई भेटेपछि स्वदेश फर्किए भारतीय सेनाध्यक्ष नरवणे

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । तीन दिने नेपाल भ्रमण सकेर भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे स्वदेश फर्किएका छन् ।

    भ्रमणको अन्तिम दिन शुक्रबार नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गरेका छन् ।



    बिहीबार नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको सम्मान लिएका छन् । योसँगै उनले नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १८ औं भारतीय सेनाध्यक्ष बनेका छन् । त्यसअघि उनले समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।



    नेपाल आएपछि नरवणेले धार्मिक क्षेत्रहरू वसन्तपुरस्थित कुमारीको दर्शन गरेका थिए । साथै उनले पशुपतिनाथको मन्दिरमा समेत आरतीकाे अवलाेकन गरेका थिए । शुक्रबार बिहान उनले सगरमाथाको आधार शिविर क्षेत्रमा माउन्टेन फ्लाइट गरेका थिए ।

    पत्नी विनासहित काठमाडौं आएका नरवणे शुक्रबार साढे ४ बजे भारतीय वायु सेनाको चार्टर्ड विमानमार्फत दिल्ली फर्कीएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार