Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कुराे नमिलेपछि ओलीलाई बाइपास गरेर दाहालले बोलाए सचिवालय बैठक

    कुराे नमिलेपछि ओलीलाई बाइपास गरेर दाहालले बोलाए सचिवालय बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । हिजो (विहबार) अध्यक्ष एवम् केपी शर्मा ओलीसँगको सम्वाद सकारात्मक हुन नसकेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।

    दाहालले शुक्रबार ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा छलफलका लागि सचिवालयको अनौपचारिक बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।



    पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको बताइए पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने बालुवाटार स्रोतको दावी छ ।



    हिजोको छलफलमा अध्यक्ष दाहालले बैठक बोलाएरै सबै समस्याको छलफल त्यहीँ गर्न अडान राखेका थिए भने ओलीले दुई अध्यक्षबीच समझदारी भएपछि मात्रै बैठक बोलाउने अडानमा कायमै राखेका थिए ।

    त्यसो त हिजो विहान प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक हुँदै गर्दा पेरिसडाँडामा भने अध्यक्ष दाहाल वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरूलाई राखेर कानुनविद्हरूसँग परामर्श गरिरहेको तथ्य सार्वजनिक भयो ।

    सोही विषयलाई लिएर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा भनेका थिए–‘पार्टीमा गुटबन्दी चर्किएको छ, विश्वास अविश्वासका कुरा भइरहेका छन्, त्यसको सामना गरिनेछ । कोटेश्वरमा अहिले पनि बैठक बसिरहेको छ, अस्थिरताको प्रयत्न भइरहेको छ । त्यस्तो प्रयत्नलाई चकनाचुर पारिनेछ ।’

    ओली नेतृत्वको दुई तिहाई बहुमत प्राप्त सरकार भए पनि पार्टीभित्रै आन्तरिक किचलो भइरहँदा प्रधानमन्त्रीले जनताको विश्वास जित्ने गरी काम गर्न सकेका छैनन् । पार्टीका वरिष्ठ नेताहरुले आन्तरिक किचोल झिकिरहने र ओलीको कसैले भनेको पनि नसुन्ने बानीका कारण देशको अवस्था उभो भन्दा पनि उधो गतितर्फ गइरहेको छ भन्दा फरक नपर्ला ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार