Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • कोरोनाले २ प्रतिशतको मात्र मृत्यु भएको भनिएको इटालीमा पुनः लकडाउन घोषणा

    कोरोनाले २ प्रतिशतको मात्र मृत्यु भएको भनिएको इटालीमा पुनः लकडाउन घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 3.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि इटालीमा लकडाउन घोषणा गरिएको छ ।

    इटालीमा संक्रमित संख्या बढ्दै जानुलाई दोस्रो लहरको संक्रमण भन्ने बुझिएको छ । त्यसैले इटाली सरकारले आजदेखि २ साताका लागि लकडाउन घोषणा गरेको जनाएको छ ।



    इटालीका चार क्षेत्रहरु लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई रेड जोन घोषणा गरिसकिएको छ। यी क्षेत्रहरु कोराना भाइरसको संक्रमण धेरै छ।



    कोरोनाको दोस्रो लहर रोक्न र अस्पतालमा कोरोनाले बढेको चाप कम गर्न लकडाउन गरिएको इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बताएका छन् ।

    यसअघि इटालीमा पहिलोपटक गत मार्च महिना लकडाउन गरिएको थियो ।

    लकडाउनको रेड जोन घोषणा गरिएका प्रदेशहरूबाट मानिसहरुलाई आउजाउ गर्न रोक लगाइएको छ ।

    स्वास्थ्यसहितका अत्यावश्यक काममा भने सेल्फ प्रमाणीकरणको सर्टिफिकेटसहित बाहिर निस्कन दिइने जनाइएको छ ।

    संक्रमणको संख्या अत्यधिक बढेसँगै इटालीका अस्पतालमा बिरामी राख्ने ठाँउको पनि अभाव हुन थालेको बताइएको छ ।

    इटालीका सञ्चार माध्यमहरुका अनुसार अस्पतालमा बिरामी राख्ने ठाँउ अभावले एम्बुलेन्समै घण्टौँसम्म बिरामी राख्नु पर्ने बाध्यता हुन थालेको छ ।

    यो समाचार तयार पार्दासम्म इटालीमा कोरोनाका कारण ४० हजार १९२ जनाको मृत्यु भएको छ भने संक्रमित संख्या ८ लाख २४ हजार ८७९ जना रहेको छ ।

    पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ३४ हजार संक्रमित थपिएका छन् । त्यस्तै ४ सय २८ जनाको मृत्यु भएको छ । हालसम्म इटालीमा ३ लाख १२ हजार ३ सय ३९ जना कोरोनामुक्त भएका छन् ।

    यस अघि इटालिले मृतकमध्ये २ प्रतिशतको मात्र कोरोनाका कारण मृत्यु भएको जानकारी गराएको थियो । तर, अहिले भने कोरोना पुनः देखिन थालेसँगै लकडाउन घोषणा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार