Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नरभणेको विरोधमा पर्चा बोकेर हिँडिरहेका बिप्लब समुहका दुई जना कार्यकर्ता पक्राउ

    नरभणेको विरोधमा पर्चा बोकेर हिँडिरहेका बिप्लब समुहका दुई जना कार्यकर्ता पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २० कार्तिक २०७७
  • 3.3K
    SHARES

    काठमाडौं। प्रहरीले भारतीय सेनाअध्यक्ष मनोजमुकुन्द नरभणेको भ्रमणको विरोधमा ब्यानर र पर्चा बोकेर हिँडेको अवस्थामा बिप्लब समुहका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ। उनीहरु काठमाडौंको बागबजारबाट पक्राउ परेका हुन।

    जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सदस्य तथा खोटाङ–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष खेम प्रधान र सक्रीय सदस्य टीकाराम चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।



    नेपाल भ्रमणमा रहेका भारतीय सेनाअध्यक्ष मनोजमुकुन्द नरभणेको भ्रमणको विरोधमा ब्यानर र पर्चा बोकेर हिँडेको अवस्थामा उनीहरूलाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले पक्राउ गरेको हो ।



    उनीहरूलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार