Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • धादिङकाे गजुरी गाउँकार्यपालिका सदस्यको कोरोनाबाट मृत्यु

    धादिङकाे गजुरी गाउँकार्यपालिका सदस्यको कोरोनाबाट मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २० कार्तिक २०७७
  • 2.2K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । कोरोना संक्रमणबाट धादिङको गजुरी गाउँ कार्यपालिकाकी सदस्यको मृत्यु भएकाे छ ।

    केही दिनअघि कोरोना संक्रमण पुष्टि भएकी धादिङ गजुरीकी ४१ वर्षीया ती महिलाको बिहीबार मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगानाले जानकारी दिइन् ।



    दुवै मृगौलाले काम गर्न छाडेको ८ महिना भइसकेकी उनको मृगौला प्रत्यारोपण गर्ने तयारी भएको भए पनि कोरोनाका कारण रोकिएको थियो ।



    नियमित मनमोहन मेमोरियल अस्पतालमा डायलासिस गराउन आउने उनमा गत साता परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार