Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • राष्ट्रपति भण्डारीद्वारा नरवणेलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

    राष्ट्रपति भण्डारीद्वारा नरवणेलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • बिहिबार, २० कार्तिक २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी छिन् ।

    राष्ट्रपति निवास शीतल बिहीबार निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन् ।



    सोही अवसरमा सेनाध्यक्ष नरवणेलाई उपहारको रुपमा तरवार पनि प्रदान गरिएकाे छ।



    सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालगायतको उपस्थिति थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार