Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रहरीद्वारा १४ सय १४ कार्टुन बियर बरामद

    प्रहरीद्वारा १४ सय १४ कार्टुन बियर बरामद

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 3.1K
    SHARES

    रौतहट । रौतहटमा प्रहरीले १४ सय १४ कार्टुन बियर बरामद बरामाद गरेकाे छ। गरुडा नगरपालिकास्थित एक घरबाट प्रहरीले उक्त परिमाणमा टुबोर्ग बियर बरामद गरेकाे । विशेष सूचनाको आधारमा गरुडा ६ अमरपटी गाउँस्थित उमेश यादवको घरमा भारतीय नागरिक विकास साहले भाडा लिएर बसेको कोठाबाट उक्त बियरका कार्टुन बरामद भएको हो ।

    साहको कोठाबाट १४ सय १४ कार्टुन टुबोर्ग बियर बरामद भएको डिएसपी ज्ञानकुमार महतोले पत्रकार सम्मेलनमा आज जानकारी दिए। उनका अनुसनर भारत बिहार सितामढी बैरगनिया बस्ने आरोपी विकास साह भने छन्।



    केहिदिन अघि चितवनस्थित टुबोर्ग बियर कम्पनीबाट एक ट्रक बियर जनकपुरको लागि पठाएको थियो । उक्त ट्रक जनकपुरसम्म न पुगेर बीचैबाट गायब भएको थियो । साहु र ट्रान्सपोर्टरले खोजतलास गर्दै जादा सुराकीको आधारमा उक्त बियर अमरपटी गाउँमा बरामद भएको हो। बरामद बियर लोड भएको भन्दा केही कम रहेको पीडित साहुले बताए ।



    बरामद बियर २ वटा ट्रकमा ईलाका प्रहरी कार्यालय गरुडामा ल्याइएको छ । बियर ढुवानी गर्ने ट्रक चालक र भारतीय नागरिक विकासको खोजी भैइरहेको प्रहरीले जनाएको छ । आरोपीहरु पक्राउपछि रहस्य खुल्ने ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । बरामद बियरको बजार मूल्य ४२ लाख बढी पर्ने जनाइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार