Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भारतीय सेना प्रमुख नरवणेद्वारा नेपाली सेनालाई मेडिकल उपकरण प्रदान

    भारतीय सेना प्रमुख नरवणेद्वारा नेपाली सेनालाई मेडिकल उपकरण प्रदान

    अनलाइन नेपाल
  • बिहिबार, २० कार्तिक २०७७
  • 5.6K
    SHARES

    काठमाडौं । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापासँग नेपाली सेनाको जंगी अड्डामा भेटवार्ता गरी फिल्ड अस्पतालका लागि उपहारस्वरुप उपकरण तथा भेन्टिलेटर प्रदान गरेका छन् ।

    भारत सरकारको तर्पmबाट जनरल नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याब उपकरण, एम्बुलेन्स लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका हुन् ।



    कोभिड–१९ महामारी विरुद्धको लडाइमा अझ सघाउ पु¥याउन नेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहारस्वरुप प्रदान गरिएको पनि दूताबासले जनाएको छ ।



    प्रधान सेनापति थापाको निमन्त्रणामा हिजो नेपाल आएका नरवणेले काठमाडौंको टुडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा (शहीद स्मारक) माल्यार्पण गरी मृत शहीदहरु प्रति श्रद्घान्जली समेत अर्पण गरेका छन् ।

    माल्यार्पणपछि नेपाली सेनाको जंगी अड्डा पुगेका उनलाई नेपाली सेनाको एक टुकुडीले सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । त्यस लगत्तै जनरल नरवणेले नेपाली समकक्षी प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका हुन् । भेटमा दुवै पक्षबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्ने बारे छलफल भएको भारतीय दूतावासले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार