Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • पाँचथरको फिदिममा १५ दिन लकडाउन

    पाँचथरको फिदिममा १५ दिन लकडाउन

    अनलाइन नेपाल
  • बुधबार, १९ कार्तिक २०७७
  • 2.7K
    SHARES

    पाँचथर । पाँचथरको फिदिममा आज एकैदिन १४ जना कोरोना सङ्क्रमित थपिएपछि पन्ध्र दिनका लागि लकडाउन (बन्दाबन्दी) जारी गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय र फिदिम नगरपालिकाले छुट्टाछुट्टै सूचनामार्फत आज मध्यरातबाट आगामी मङ्सिर १२ गतेसम्मका लागि बन्दाबन्दी जारी गरिएको जनाएको छ ।



    जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सो नगरपालिकाभित्र अत्यावाश्यक बाहेकका व्यवसाय तथा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।



    सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार फिदिम नगरपालिका हुँदै मेची राजमार्गबाट अन्य जिल्लाका लागि भने सवारी सञ्चालन हुन पाउने छन् ।

    प्रशासनले अत्यावाश्यक बाहेकका दुई पाङ्ग्रे सवारीका साधन समेत सञ्चालनमा रोक लगाएको छ । नगरप्रमुख ओनाहाङ नेम्वाङले कन्ट्र्याक ट्रेसिङमा परेकालाई संयमता अपनाई एकान्तमा बस्न आग्रह गरेका छन् । जिल्लामा सक्रिय सङ्क्रमितको संख्या २४ पुगेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार