Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अनैतिक सम्बन्धका कारण देवरद्वारा भाउजूको हत्या प्रयास

    अनैतिक सम्बन्धका कारण देवरद्वारा भाउजूको हत्या प्रयास

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 1.8K
    SHARES

    रौतहट । रौतहटमा अनैतिक सम्बन्धका कारण देवरले आफनै भाउजूको हत्या प्रयास गरेको घटना बाहिर आएकाे छ। साबिक जेठरहिया गाविस ९ हाल यमुनामाई गापा १ बस्ने राजुकुमार सहनीले आफनै भाउजुको हत्याको प्रयास गरेको घटना बाहिर आएकाे हाे।

    देवरले भाउजू पुनमकुमारी सहनीमाथि धारिलो हतियार (खुकुरी) प्रहार गरि हत्याको प्रयास गरेका हुन्। ईलाका प्रहरी कार्यालय गरुडाले आज पत्रकार सम्मेलनको आयोजना गरि घटना नालीबेली बताएकाे छ।



    सहनीले वैदेशिक रोजगारीमा रहेका दाईको श्रीमती पुनमकुमारी सहनीमाथि धारिलो हतियार (खुकुरी) प्रहार गरि हत्याको प्रयास गरेको डिएसपी ज्ञानकुमार महतोले पुष्टि गरे। पत्रकार सम्मेलनमा सोही अभियोगमा पक्राउ परेका अभियुक्त राजुकुमार सहनीलाई प्रहरीले सार्वजनिक समेत गरेको छ ।



    हाल घाइते पुनमको वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भैरहेको छ । डिएसपी महतोका अनुसार घाइते पुनमको टाउकोको अप्रेशन गर्नुपर्ने डाक्टरले जानकारी दिएका छन्। आरोपी राजु सहनीउपर ज्यानमार्ने उद्योगमा मुद्दा दर्तागरी जिल्ला अदालत गौरबाट म्याद थपगरी अनुसन्धान भैरहेको डिएसपी महतोले बताए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार