Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सरकारकाे निर्णयविरूद्ध पूर्वमन्त्रीले दिए यस्ताे अभिब्यक्ति

    सरकारकाे निर्णयविरूद्ध पूर्वमन्त्रीले दिए यस्ताे अभिब्यक्ति

    अनलाइन नेपाल
  • बुधबार, १९ कार्तिक २०७७
  • 2K
    SHARES

    जनकपुरधाम । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री मातृका प्रसाद यादवले सरकारकाे निर्णयविरूद्ध अभिब्यक्ति दिएका छन्।

    उनले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्न रोक लगाउनु संघीयताविरोधी कदम भएको भन्दै सरकारकाे आलाेचना गरेका हुन्।



    मन्त्रिपरिषद बैठकले हालै संघीय लोकतान्त्रिक गणतन्त्रको सट्टा नेपाल मात्र लेख्ने निर्णय गरेको थियो भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल मात्र लेख्न मातहतका निकायलाई पत्राचार गरेको थियो ।



    बुधबार प्रेस बिज्ञप्ति जारी गर्दै नेता यादवले नेपाल मात्रै लेख्नु भनेर पत्राचार गर्नु देश संविधान अनुसार चलाउनुको सट्टा व्यक्तिको इच्छा अनुसार चलाउन खोज्नु भएको बताए । सरकारको निर्णय जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलन र शहीदहरुको अपमानका साथै संघीयताविरोधी कदम पनि भएको उनको भनाइ छ । उनले यस्ता निर्णय तुरुन्त सच्याउन सरकारसँग मागसमेत गरेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार