Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • भारतमा कोरोनाबाट मृतककाे संख्या ३ पुग्याे, मन्त्री पनि क्वारेन्टाइनमा

    भारतमा कोरोनाबाट मृतककाे संख्या ३ पुग्याे, मन्त्री पनि क्वारेन्टाइनमा

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 1.4K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले भारतमा थप एक जनाको मृत्यु भएको छ । भारतको महाराष्ट्रमा ६४ वर्षीयको मृत्यु भएको हो । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ६४ वर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    योसमेत गरेर भारतमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ३ पुगेको हो । भारतमा अहिले कोरोनाबाट १२८ जना संक्रमित छन् । त्यसमध्ये महाराष्ट्रका ३६ जना रहेको बीबीसीले जनाएको छ ।



    मार्च १० मा कर्नाटकमा ७६ वर्षीय व्यक्तिको मृत्यु भएको थियो । उनी केही समय पहिला साउदी अरबबाट फर्किएका थिए । पश्चिम बंगालमा ६९ वर्षीया महिलाको मार्च १३ मा मृत्यु भएको थियो ।



    कारोना भाइरसका कारण भारतको ताज महल बन्द भएको छ । भारत सरकारले कारोना भाइरसको संक्रमण रोक्न ताज महल बन्द गरिएको हो

    केन्द्रीय मन्त्री पनि क्वारेन्टाइनमा

    कोरोना संक्रमणको आशंका भारतमा केन्द्रीय सन्त्रीसमेत होम क्वारेन्टाइनमा बसेका छन् । केन्द्र सरकारका संसदीय कार्य राज्यमन्त्री वी मुरलीधरन कोरोना संक्रमणको आशंकामा होम क्वारेन्टाइनमा बसेका हुन् ।

    कोरोना संक्रमणको आशंकामा होम क्वारेन्टाइनमा बसेका भारतका केन्द्रीय मन्त्री वी मुरलीधरन केरला राज्यमा आयोजित एउटा कार्यक्रममा भाग लिएर फर्किएका थिए ।

    कार्यक्रमका दौरान उनले एकजना चिकित्सकसँग भेट गरेका थिए । पछि ती चिकित्सकमा कोरोना भाइरसको संक्रमण भएको देखिएको थियो । राज्यमन्त्री मुरलीधरनले पनि आफूलाई कोरोना संक्रमणको जस्तै प्रारम्भिक लक्षण देखिएपछि केन्द्रीय राजधानी दिल्ली पुगेर होम क्वारेन्टाइनमा बसेका हुन् । उनले कोरोना संक्रमणको परीक्षणका लागि नमूना दिइसकेका छन् । तर, परीक्षणको रिपोर्ट भने आइसकेको छैन । एजेन्सी

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार