Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडौँ । दुबई पठाइ दिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। बाग्लुङ ढोरपाटन ४ खुङ्गा स्थायी घर भई हाल काठमाडाैँ रानीवन बस्ने ३८ वर्षीय सुनिल भन्ने शिव कुमार घर्ती मगर पक्राउ परेका हुन्।

    वैदेशिक रोजगारको सिलसिलामा दुबईमा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्‍वास दिलाई विभिन्न मितिहरुमा ९ जना व्यक्तिबाट १० लाख ५३ हजार एक सय रुपैयाँ लिइ ठगी गरेकाे अभियाेगमा उनलाइ प्रहरीले पक्राउ गरेकाे हाे।



    खगेन्द्र चौधरीसमेतका पीडितहरुले दिएकाे निवेदनकाे आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मगरलाई पक्राउ गरेकाे हाे। प्रहरी टोलीले गंगबुचोकबाट मगरलाई विशेष सूचनाकाे आधारमा साेमबार पक्राउ गरेकाे हाे।



    महाशाखाले आवश्‍यक थप अनुसन्धान तथा कारवाहीको लागि मगरलाई महानगरीय प्रहरी परिसर टेकुमा पठाएकाे छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार