Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कांग्रेस नेता विश्वकर्मा कोरोना मुक्त, स्वास्थ्य अवस्थामा सुधार हुँदै

    कांग्रेस नेता विश्वकर्मा कोरोना मुक्त, स्वास्थ्य अवस्थामा सुधार हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, १८ कार्तिक २०७७
  • 2.2K
    SHARES

    काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्व बाणिज्यमन्त्री मिन विश्वकर्माको कोरोना परिक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । साथै उनकाे होस पनि खुलेको छ ।

    परिवारका एक सदस्यका अनुसार नेता विश्वकर्माले इशारा मार्फत चिकित्सकहरुसंग कुरा गर्न थालेका छन् ।



    कात्तिक १ गते ५३ वर्षीय नेता विश्वकर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको ८ दिन पछि पूर्व बाणिज्य मन्त्री विश्वकर्मा होम आइसोलेसन बसेका थिए ।



    होम आइसोलेसन बसेका विश्वकर्मालाई स्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक ९ गते उपचारका लागि वीर अस्पताल लगिएकाे थियाे ।

    तीन दिनसम्म उनी वीर अस्पतालमै उपचाररत थए । तर, उनको स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि कात्तिक १२ गते उनलाई ग्राण्डी अस्पताल लगिएकाे थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार