Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • आज ह्वात्तै घट्यो सुनको भाउ, चाँदीमा पनि भारी गिरावट

    आज ह्वात्तै घट्यो सुनको भाउ, चाँदीमा पनि भारी गिरावट

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ। हिजो सोमबार तोलामा ५ सय रुपैयाँ बढेको सुन आज एकै दिन तोलामा २ हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघको सूची अनुसार, आज छापावाल सुन प्रतिताला ७५ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



    सोमबार छापावाल सुन प्रतितोला ७७ हजार ५ सय तथा तेजावी सुन ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि ८० रुपैयाँ गिरावट आएको छ । आज चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भईरहेको छ।



    सोमबार चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासंघले जनाएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार