Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अनुसन्धान गर्न भन्दै बिनाअनुमति भारतीय प्रहरी नेपालमा

    अनुसन्धान गर्न भन्दै बिनाअनुमति भारतीय प्रहरी नेपालमा

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 1.8K
    SHARES

    दैलेख । अनुसन्धान गर्न भन्दै भारतीय प्रहरी पोशाकसहित नेपालमा आएका छन् । उनीहरु सोमबार साँझ पश्चिमी जिल्ला दैलेख आएका हुन्। मंगलबार बिहान पोशाकसहित जिल्ला सदरमुकाममा खुलेयाम हिँडिरहेको देखेपछि स्थानीयले बिरोध गरेका हुन्

    भारतको हरियाणा प्रदेश यमुनानगर जिल्लाबाट तीनजना प्रहरीसहितको चारजनाको टोली दैलेख आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।



    भारतमा काम गर्दै आएका दैलेखका एक युवकले झण्डै ५० लाख रुपैयाँ चोरी गरी फरार भएपछि ती युवकको खोजी गर्न दैलेख आएको भारतीय प्रहरीले दैलेख प्रहरीलाई जानकारी गराएका हुन् ।



    ‘उनीहरुले पोशाक लगाउनु हुँदैन भन्ने थाहा नभएको बताएपछि हामीले सादा पोशाकमा हिँड्न भनेका छौ,’ प्रहरी निरीक्षक आचार्यले भने, ‘उहाँहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छैन, हाम्रो सम्पर्कमा आफै आउनु भएको हो ।’

    भारतीय प्रहरीले स्थानीय प्रशासन र प्रहरी पूर्व जानकारी बीना दैलेख आएका थिए। उनीहरुले मंगलबारबिहान मात्रै जिल्ला प्रहरी कार्यालयमा आफूहरु दैलेख आएको जानकारी गराएका थिए। भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा ३ जना प्रहरीसहित ४ जनाको टोली दैलेख आएको हो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार