Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आईसीयू र आइसोलेशनमा उपचार गर्न टेकु अस्पतालले पनि तोक्यो धरौटी

    आईसीयू र आइसोलेशनमा उपचार गर्न टेकु अस्पतालले पनि तोक्यो धरौटी

    अनलाइन नेपाल
  • आइतबार, १६ कार्तिक २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि आईसीयू र आइसोलेशनमा भर्ना भएका बिरामीको लागि शुल्क तोकेको छ । कोभिड—१९ भएर उपचारका लागि अस्पताल भर्ना भएका बिरामीको लक्षणका आधारमा लाग्ने दैनिक खर्च र उपचारका लागि लाग्ने धरौटी रकम सार्वजनिक टेकु अस्पतालले गरेको हो ।

    कोभिड—१९ भएर स्वास्थ्य उपचारका लागि निम्नवर्गीय तथा मध्यम वर्गीय परिवारका बिरामी धाउने सरकारी अस्पताल मध्ये प्रमुख अस्पतालको रुपमा टेकु अस्पतालमा भिड लाग्ने गर्छ । कोभिड—१९ भएर स्वास्थ्यमा जटिल समस्या भइ आईसीयूसँगै भेन्टिलेटमा उपचार गर्दा दैनिक उपचार १५ हजार लाग्ने अस्पताले तोकेको छ भने धरौटी रकम ५० हजार लाग्छ ।



    यस्तै आइसियु मात्र चाहिने र मध्यम जटिल (क्याविन आइसोलेसन) मा उपचार गर्नुपर्ने बिरामीले दैनिक ७ हजार ५ सय उपचार खर्च तिर्नुपर्छ भने ३० हजार धरौटी रकम लाग्छ ।



    संक्रमित भएर मध्यम जटिल अवस्थाका बिरामी ग्यास्ट्रो आइसोलेसनमा बस्दा दैनिक ३५ सय उपचार शुल्क लाग्छ भने २० हजार धरौटी रकम तिनुपर्ने अस्पतालले जनाएको छ । विपन्न, जेष्ठ नागरिक ७० वर्षभन्दा माथि, अति अपाङ्गता भएका, अशक्त र एकल महिला संक्रमितको हकमा आवश्यक सिफारिस पत्र, परिचय पत्र भएमा आर्थिक अवस्था हेरेर आवश्यकताका आधारमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म उपचार छुट दिने अस्पतालले जनाएको छ ।

    कार्तिक २ गतेबाट लागु हुने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै कोभिड अस्पताललाई कोरोना संक्रमितको उपचार सःशुल्क गर्न निर्देशन दिएको थियो । यसअघि विभिन्न अस्पतालले काेराेना संक्रमितका विरामीहरूका लागि पैसा ताेकेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार