Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • १२ सय कैदी घरमा नै बस्न पाउन सक्ने !

    १२ सय कैदी घरमा नै बस्न पाउन सक्ने !

    अनलाइन नेपाल
  • आइतबार, १६ कार्तिक २०७७
  • 2.7K
    SHARES

    काठमाडाैँ । हाल कारागारमा रहेका करिब ८ प्रतिशत कैदीले ‘वैकल्पिक कारागार’ का रुपमा घरमै बाँकी कैद सजाय भुक्तान गर्न पाउन सक्नेछन् ।

    कारागार व्यवस्थापन विभागले एक महिना लगाएर तयार पारेको विवरण अनुसार वैकल्पिक कारागारमा बस्ने पाउने कैदीको संख्या १२ सय रहेको छ ।



    ‘नेगेटिभ’ सूचीमा नपरेका र दुई तिहाइ सजाय भुक्तान गरिसकेका तर १ वर्षभन्दा बढी अवधि बाँकी रहेका कैदीले घरमा नै बस्न वा सप्ताहान्तमा एक दिन वा राति मात्रै कारागारमा बस्न पाउने व्यवस्था वैकल्पिक कारागार हो ।



    विभागका अनुसार अदालतबाट दोषी ठहर भइ सजाय भुक्तानरत र मुद्दाको पुर्पक्षमा भएका कैदी र बन्दी थुनुवा संख्या करिब २५ हजार छ । त्यसमध्ये अदालतबाट दोषी ठहर भइ सजाय भुक्तानरतको संख्या १४ हजार ५ सय हाराहारी छ । सजाय भुक्तानरत कैदीको हिस्सता ५८ प्रतिशत छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार