Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • बाराका ६२ वर्षीय कोरोना संक्रमित पुरूषकाे मृत्यु

    बाराका ६२ वर्षीय कोरोना संक्रमित पुरूषकाे मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १५ कार्तिक २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    वीरगञ्ज । पर्साकाे नेशनल मेडिकल कलेजमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

    बाराकाे निजगढ नगरपालिका-९ का ६२ वर्षीय पुरूषको मेडिकल कलेजको आइसोलेसनमा उपचारको क्रममा शनिबार पौने ६ बजे उनको निधन भएको अस्पतालका चिकित्सक डा. परवेज अन्सारीले जानकारी दिए ।



    डाक्टर अन्सारीका अनुसार उनकाे आईसोलेसन भर्ना गर्दा नै निमोनियाका कारण अवस्था गम्भीर थियो ।



    उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि वीरगञ्ज ल्याएकोमा उनमा १३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन नेशनल मेडिकल कलेनको आइसोलेसन सेन्टरमा भर्ना गरिएको थियो ।

    आइसोलेसनमा चार जना कोरोना संक्रमित उपचाररत छन् । चारै जनाको आइसीयूमा उपचार भइरहेको नेसनल मेडिकल कलेजका कोरोना फोकल पर्सन डा. असरफ हुसैनले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार