Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

    साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

    अनलाइन नेपाल
  • शनिबार, १५ कार्तिक २०७७
  • 2.8K
    SHARES

    काठमाडौँ । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको मुद्दा लागेको छ ।

    स्थानीय प्रशासनले उनीमाथि मुद्दा चलाएको हो ।



    घर फिर्न नपाएका नेपाली श्रमिकहरूले गत भदौ २१ गते रियादस्थित समास्को कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए ।



    साउदीमा यसअघि नेपाली श्रमिकविरुद्ध शान्तिसुरक्षासम्बन्धी मुद्दा लागेको थिएन ।

    सार्वजनिक स्थानमा कुनै पनि प्रकारको धर्ना र नाराबाजी गर्न साउदीमा मनाही छ । नेपाली राजदूत महेन्द्रसिंह राजपुतले ती नेपालीलाई माफी दिई स्वदेश पठाउन पहल भइरहेको बताए । कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार