Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोनाको संक्रमणबाट फुटबल प्रशिक्षकको मृत्यु

    कोरोनाको संक्रमणबाट फुटबल प्रशिक्षकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट स्पेनका एक फुटबल प्रशिक्षकको मृत्यु भएको छ । स्पेनिस फुटबलका कोच फ्रान्सिस्को गार्सियाको मृत्यु भएको हो ।
    कोरोनाका कारण मृत्यु हुने उनी विश्वकै कान्छो उमेरका व्यक्ति भएको विश्वास गरिएको छ

    मलागास्थित एट्लेटिको पार्ताडा अल्ता युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरिसकेको कोरोना संक्रमित गार्सियाको शनिबार २१ वर्षको उमेरमा मृत्यु भएको हो।
    गार्सियाले मालागा अवस्थित एट्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमलाई प्रशिक्षण दिईरहेका थिए ।



    गोल डटकमका अनुसार पछिल्लो साता स्वास्थ्यमा समस्या आएपछि गार्सियामा ल्युकोमियासँगै कोरोना संक्रमण भेटिएको थियो । लगत्तै उनलाई मलागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । तर चिकित्सकले उनलाई बचाउन सकेनन् । कोरोना संक्रमणबाट मलागा क्षेत्रमा शिकार हुने उनी पहिलो युवा र पाँचौं व्यक्ति हुन्। गार्सियाले सन् २०१६ देखि एट्लेटिको पोर्टाडा एल्टाज युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरेका थिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार