Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • पौडेल पक्षले बुझाएको विरोध पत्र बारे छलफल गर्न देउवाले बोलाए बैठक

    पौडेल पक्षले बुझाएको विरोध पत्र बारे छलफल गर्न देउवाले बोलाए बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका २७ केन्द्रीय सदस्यले गत असोज १२ मा मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् देउवाको कार्यशैलीविरूद्ध केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गराएको विषयमा छलफल गर्न बैठक डाकिएको बताइएको छ ।



    उक्त विरोध पत्रमा समावेश गरिएका बुँदाबारे छलफल गर्न कात्तिक १७ गते शीर्ष नेताबीच बैठक बस्न लागेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।



    महतले २१ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकअघि पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी लगायतसँग छलफल गर्न लागिएको पनि बताए ।

    यो छलफललाई १७ असोजको बैठकको निरन्तरता मानिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मागबारे छलफल गर्न १७ असोजमा शीर्ष नेताहरुको बैठक बसेको थियो ।

    १९ गते केन्द्रीय कार्यसमिति बैठक थियो । तर, केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि शीर्ष नेताहरुको छलफल र केन्द्रीय कार्यसमिति बैठक दुवै प्रभावित भएको थियो ।

    पार्टीलाई विधानसम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस् भन्दै पौडेल पक्षका २७ केन्द्रीय सदस्यले हस्ताक्षर बुझाएका थिए ।

    उक्त पत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंले हस्ताक्षर गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार