Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • पनौतीमा गोली चल्यो, प्रहरी हवल्दारसहित ५ जना घाइते

    पनौतीमा गोली चल्यो, प्रहरी हवल्दारसहित ५ जना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । काभ्रेको पनौतीमा सोमबार टिप्परले ठक्कर दिदा दुई जनाको मृत्यु भएपछि उत्पन्न विवादका कारण गोली चलेकाे छ। आक्रोशित भीड र प्रहरीबीच झडप भएको क्रममा गोली चल्दा एक जना प्रहरी हवल्दार घाइते भएका छन् ।

    आन्दोलनकै क्रममा भीडबाट गोली चल्दा प्रहरी हवल्दार दिलिप बुढाथोकी घाइते भएका छन् । उनको स्थानीय सिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।



    प्रदर्शनकारीले प्रहरी बिट पनि तोडफोड गरेका छन् । काभ्रे प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले गोलीबाट प्रहरी घाइते भएकाे बताए । यद्यपि, रात परिसकेकाले गोली कहाँबाट कसरी चल्यो भन्ने पुष्टि भइनसकेको उनले बताए । उनले स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले अश्रुग्यास मात्र प्रहार गरेको बताए।



    सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा जनिमाया गोले र उनकी छोरी स्मारिका गम्भीर घाइते भएका थिए । उनीहरुको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिम्सिनाले बताए ।

    त्यसपछि स्थानीयवासीले विरोध प्रदर्शन सुरू गरेका थिए । आन्दोलनकैबीचबाट अज्ञात व्यक्तिले ८ बजेतिर गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गर्दा ४ जना प्रदर्शनकारी पनि घाइते भएका छन्।

    भीड नियन्त्रणका लागि प्रहरीले चार राउण्ड हवाइ फायर गरेको छ भने आधा दर्जन सेल अश्रुग्याँस प्रहार गरेको छ। प्रहरीले न्याय दिनुको सट्टा बल प्रयोग गरेर दमन गर्न खोजेको भन्दै आक्रोशीत स्थानीय प्रहरीमाथी नै जाइ लागेका छन् । रोशी गाउँपालिका—६ का टिप्परका चालक नबराज थापा प्रहरी नियन्त्रणमा छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार