Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • कोरोनाका कारण गुर्जो चियाको माग बढ्यो

    कोरोनाका कारण गुर्जो चियाको माग बढ्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 3.5K
    SHARES

    गोरखा ।कोभिड–१९ को त्रासमा चैतदेखि नै प्रायः कलकारखाना सञ्चालन नहुँदा गोरखा सदरमुकाममा रहेको गोरखा आयुर्वेद कम्पनीले भने उद्योग बन्द गर्नुपरेन ।

    उद्योगमा कार्यरत ३५ कर्मचारी आयुर्वेदिक औषधि उत्पादनमा व्यस्त रहे । लकडाउनयता यो उद्योगबाट उत्पादित औषधिको माग थेगिनसक्नु छ ।



    साढे तीन दशकअघि स्थापनाको समयमा कम्पनीले गुर्जो ९गुडुची० चियाबाट उत्पादन सुरु गरेको थियो ।



    सुरुवाती अवस्थामा यो चियाले नै कम्पनीलाई चिनाएको उत्पादन अधिकृत अर्जुन अर्यालले बताए । ‘०४५ सालसम्म गुर्जो चिया मात्र उत्पादन भयो, अरू अनुसन्धान गर्ने काम भए,’ उनले भने, ‘झन्डै ४० वर्षपछि अहिले फेरि यो चियाको माग बढी छ ।’

    कम्पनी स्थापनाकालमा उत्पादित गुर्जो चिया इटली र फ्रान्सका बजारसम्म पुग्थ्यो । (कान्तिपुरबाट )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार