काठमाडौं । कोरोना संक्रमणबाट बिहीबार काभ्रेमा थप दुई जनाको मृत्यु भएको छ।
धुलिखेल अस्पतालमा उपचरत धुलिखेल नगरपालिका घर भएका ५५ वर्षीय पुरुष र ७० वर्षीया महिलाको बिहीबार मृत्यु भएको जिल्ला कमाण्ड पोष्टका डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।
कोरोना संक्रमण देखिएपछि ५५ वर्षीय पुरुष तीन दिनअघि र ७० वर्षीया महिला एक हप्ताअघि अस्पताल भर्ना भएका थिए ।
डा. झाका अनुसार दुवै जना हाइपरटेन्सन र मधुमेहका बिरामी थिए ।
Leave a Reply