Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • चौरसियाका हत्यारालाई तत्काल कारवाही गर्न नेकपाका ३७ नेताले निकाले विज्ञप्ति

    चौरसियाका हत्यारालाई तत्काल कारवाही गर्न नेकपाका ३७ नेताले निकाले विज्ञप्ति

    अनलाइन नेपाल
  • बिहिबार, १३ कार्तिक २०७७
  • 2.2K
    SHARES

    काठमाडौं, १३ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका कार्यकर्ता मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै नेकपा स्थायी कमिटी सदस्य मातृका यादवसहित ३७ नेताले संयुक्त विज्ञप्ती जारी गरेका छन् । पर्साको विन्दवासिनी गाउँपालिका– ५ प्रसौनीमा यही कात्तिक ६ गते नेकपाको गाउँपालिका कमिटीका पदाधिकारी र सदस्यहरुको शपथग्रहण कार्यक्रममा चौरसियामाथि कुटपिट भएको थियो । उनको भोलिपल्ट बिहान मृत्यु भएको थियो ।

    बिहीबार विन्दवासिनी गाउँपालिकामा आयोजित नेकपा गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रममा नबोलाएको विषयमा नेकपाकै दुई समूहबीच झडप हुँदा ६ जना घाइते भएका थिए । घाइतेमध्ये मुकेशको टाउकोमा गम्भीर चोट लागेको थियो ।



    नेकपा नेताहरु मातृका यादव, विश्वनाथ साह, नागेन्द्र चौधरी, महेन्द्र पासवान, रामचन्द्र झालगायतका ३७ जना नेताहरुले संयुक्त विज्ञप्ति निकालेर पीडित निवेदकको जाहेरी दर्ता गरी हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । जिल्ला प्रहरी कार्यालयले पीडितको जाहेरी समेत दर्ता गर्न नमानेको भन्दै उनीहरुले प्रहरीले नै कानुनी राज्यको खिल्ली उडाएको उल्लेख गरेका छन् ।



    प्रहरीले पीडतको जाहेरी दर्ता नै गर्न नमानेको नेकपाका नेताहरु बताउँछन् । उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘प्रहरीबाट कानुनी राज्यको खिल्ली उडाइएको देखिन्छ । प्रहरी आफ्नो कर्तव्यबाट च्युत भएको छ । झन् जिल्ला प्रहरी प्रमुखबाट अमुक व्यक्तिको नाम राख र अमूक व्यक्तिको हटाऊ भनिनु अपराधलाई प्रश्रय दिएको देखिन्छ । यस्तो कार्य गर्नु भनेको प्रहरी संगठनको बेदनामी गर्नु नै हो ।’

    उनीहरुले यो घटनालाई सुनियोजित भनेका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘घटनाको प्रकृति हेर्दा सुनियोजित देखिन्छ, हत्या गर्ने उद्देश्यसहित आक्रमण भएको प्रमाणित हुन्छ । यस घटनाको जति भत्र्सना गरे पनि कमै हुन्छ । त्यसैले यस घटनाका सम्पूर्ण दोषीहरुलाई कडा से कडा कारबाही गरिनु पर्दछ ।’ चौरसियाको मृत्युपछि पर्सामा नेकपा कार्यकर्ताहरूले दिनहुँजसो विरोध प्रदर्शन गर्दै आएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार