Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • हिमालय टेलिभिजनमा ललित अग्रवालको गजबको धन्दा

    हिमालय टेलिभिजनमा ललित अग्रवालको गजबको धन्दा

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 3.5K
    SHARES

    काठमाडौं । नयाँ बानेश्वर, काठमाडौंमा अवस्थित हिमालय टेलिभिजन नेटवर्क प्रा.लि. सेयर खरिद बिक्री सम्बन्धी सम्झौता विवादमा पार्न खोजिएको थाहा भएको छ ।

    विवादमा पर्नुको मुख्य कारण बिक्रेता (च्याङ अग्रवाल) र क्रेता (धर्मराज भुसाल र होमप्रसाद कँडेल) बीच सम्झौता पत्रअनुसारका दायित्व पूरा भइसकेपछि पनि बिक्रेता पक्षधरका आफन्तले गैरकानूनी रूपमा टेलिभिजन नेटवर्क आफ्नो भएको दावी गर्दै हस्तक्षेप गर्ने दुष्प्रयास गरेकाले नयाँ मालिक धर्मराज भुसाल र होम प्रसाद कँडेलद्वय कानूनी उपचारमा लागेको थाहा भएको छ ।



    २०७५ जेठ २१ गते प्रा.लि.का कार्यकारी निर्देशक च्याङ अग्रवालबाट सञ्चार उद्यमी धर्मराज भुसाल र होमप्रसाद कँडेलललाई सो प्रा.लि. बेच्ने सभ्झौतापत्रमा हस्ताक्षर भएको थियो ।



    तर, पछिल्लो अवधि बिक्री भइसकेको टेलिभिजनमा बिक्रेतातर्फबाट च्याङका बुुबा (जसलाई कानूनतः कुनै वैधानिक हैसियत छैन) ललित अग्रवालले टेलिभिजन सञ्चालनमा बाधा–अवरोध पु-याउँदै उनी स्वयम् काठमाडौं जिल्ला अदालतसम्म पुगे पनि पहिलो एक चरणमा दावी नपुग्ने आदेश भएतापनि अझै एचटीभी मेरो भन्ने झुठो दावी गर्दै विभिन्न ब्यक्तिहरूसंग सम्पर्कमा पुग्ने गरेको एचटीभीमा कार्यरत एक पत्रकारले  बताए ।

    समाचार स्रोतका अनुसार, २०७६ असार १३ गतेको सम्झौता अनुसार च्याङ अग्रवालले २०७५ जेठ मसान्तसम्मको ४ करोड ७० लाख रुपैयाँ दायित्व बेहोर्ने र १० प्रतिशत सेयर रहने गरी सम्पत्ति हस्तान्तरण सम्बन्धी शर्त कायम भएको धर्मराज भुसाल बताउछन् ।

    यसका साथै २०७५ जेठ २१ को सम्झौता अनुसार टेलिभिजन नेटवर्क सम्बद्ध अन्य कम्पनीहरू हिमालय प्रोडक्सन प्रा.लि. र हिमालयन अनलाइन प्रा.लि. समेतको दायित्व च्याङले सोही वर्षको जेठ मसान्तसम्म भुसाल र कँडेललाई हस्तान्तरण गर्नुपर्नेमा सो समेत हस्तान्तरण नगरेर हाल सम्पर्कविहीन रहेका छन् ।

    दुबै पक्षको मञ्जुरी र मूल्यांकनमा ९० प्रतिशत शेयर खरिद गरेर नयाँ व्यवस्थापनको रूपमा भित्रिएको क्रेता पक्षधर भुसाल र कँडेलबाट बिक्रेता च्याङले १५ करोड ४ लाख रुपैयाँ लगिसकेको स्रोतको भनाइ छ ।

    च्याङको दायित्वको वापतको चार करोड सत्तरी लाख  गरी जम्मा १९ करोड ७० लाख रुपैयाँको दायित्व नयाँ व्यवस्थापनले बेहोरिसकेको दावी धर्मराज भुसालको रहेको छ ।

    यस अर्थमा भुसालसहितको नयाँ व्यवस्थापनले आफ्नो सम्पूर्ण आर्थिक तथा नैतिक दायित्व व्यहोरिसकेपछि कम्पनी पूर्णतः सञ्चालन गर्न कानूनी रूपमा कुनै कठिनाइसमेत नरहेको स्रोत बताउछ  ।

    तर, लेनदेनमा कुनै भूमिका नभएका च्याङका पिता जसलाई सम्झौता र कानूनी दृष्टिले समेत नचिन्ने अवस्था रहेकामा अहिले उनै ललित अग्रवालले नयाँ व्यवस्थापनले आर्थिक दायित्व पूरा नगरेको भन्दै झुठो दावी गर्दै टीभीको कार्यालय सञ्चालनमा अवरोध ल्याउन खोज्ने, घर खाली गराइपाऊँ भन्दै अदालतमा मुद्दा दिएर दुःख दिने र गैरकानूनी हर्कत गर्ने गरेकाले नयाँ व्यवस्थापन पक्ष हैरान भएर एचटीभीको गेटबाटै ललित अग्रवाललाई प्रवेश निषेध गरेको स्रोत बताउछ ।

    ललितका छोरा च्या¨ चाहिं सम्झौता अनुरूप अगाडि नबढी दावी नै नपुग्ने नयाँ अत्तो थापेर बाबु ललितलाई अगाडि सारेर आफू बेपत्ता भएकाले अब पनि गैरकानूनी दावी गर्दै अवरोध सिर्जना गरेमा सार्वजनिक सूचना जारी गरेर थप कानूनी उपचारमा जाने तयारीमा हिमालय टेलिभिजनको नयाँ व्यवस्थापन रहेको स्रोतले बतायो ।

    यता एचटभीको नक्कली मालिक ललितको धन्दा भने गजबकै रहेको बताइन्छ । उनी आफ्ना पारिवारिक भेटघाट, जमघट र विवाह उत्सवजस्ता पर्व पनि होटलहरूमा आयोजना गर्न लगाएर कम्पनीबाटै लाखौं खर्च बेहोर्न लगाउने गरेको पाइएको छ ।

    ठूलो तामझामका साथ सोल्टी होटलमा आयोजना गरिएको आफ्नी छोरीको बिहेको  १५ लाख खर्चसमेत कम्पनीबाटै तिर्न लगाउने ललितको नियत ठीक नभएको आरोप लागेको छ ।

    उता कानूनी रूपमा सम्झौतामा हस्ताक्षर गर्ने उनका छोरा च्याङ भने २०७६ भदौदेखि नै कम्पनीको सम्पर्कमा नरहेको स्रोतको भनाइ छ । च्याङका बाबुले गैरकानूनी रूपमा दबाब र हस्तक्षेप गर्दा आउने परिणामको मूल्य उनले चुकाउनुपर्ने अवस्था सिर्जना हुने हिमालय टेलिभिजनको नयाँ व्यवस्थापन समूह पक्षधरको भनाइ छ । (साँघु साप्ताहिक)

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार