धनगढी । कैलालीको जानकी गाउँपालिकामा दुई किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।
शनिबार राति दुवै किशोरीमाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बताए ।
सामूहिक बलात्कार गरेको आरोपमा आठ जनालाई पक्राउ गरिएको उनले बताए । बलात्कारमा सङ्गलग्न केही फरार रहेकाले उनीहरूको खोजी भैरहेको उनले बताए ।
Leave a Reply