Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई नेता सुनिलले दिए यस्तो चेतावनी

    कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई नेता सुनिलले दिए यस्तो चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 2.2K
    SHARES

    बिराटनगर । नेपाली काँग्रेसका  नेता डा.सुनिल शर्माले पार्टी प्रवक्ता विश्वप्रकाश शर्माप्रति आक्रोस पोखेका छन् ।  काँग्रेस महासमिति सदस्य डा.शर्माले कोरोनाको संक्रमणमा अपनाउँनुपर्ने सावधानीप्रति नेताहरु संवेदनसिल नभएको भन्दै पार्टी प्रवक्ता शर्माप्रतिको आक्रोस सामाजिक सञ्जालबाटै प्रकट गरेका हुन् ।

    शर्माले कोरोना भाईरस सोझा निमुखा, गरिब, भाउन्नेका जनतालाई मात्र लाग्छ, सांसद र नेतालाई लाग्दैन भन्दै प्रश्न गरेका छन् । ‘एयरकण्डिसन भएको भवन हो पार्लियामेण्ट, कांग्रेसका सांसदलाई संसदमा जानबाट किन नरोकेको ?’ प्रवक्ता शर्मालाई प्रश्न गर्दै उनले लेखेका छन ‘विद्यालय बन्द हुँने, परिक्षा रोकिने तर सयौं बिशिष्ट व्यक्ति भेला हुँने संसद चै नरोकिनुपर्ने कारण को हो ?’ जोसुकैको असावधानीले पनि कोरोनाको संक्रमण फैलनसक्ने हुँनाले त्यसप्रति जनस्तरमा मात्र नभई केन्द्रिय नेता तथा सांसद पनि उत्तिकै सजग हुनुपर्ने उनको तर्क छ ।



    कोरोनाको संक्रमण रोकथामका लागि पार्टीले सार्वजनिक कार्यक्रम बन्द गर्ने क्रममा गुटबन्दी र विभेद उदाङ्गो भएको उनले उल्लेख गरेका छन् । ‘नेतृ मञ्जु खाँडको सिराहा र जनकपुरको कार्यक्रममा कोरोना नआउँने, बालकृष्ण दाईको ललितपुरको कार्यक्रममा कोरोना नआउँने, अनि मोरङको भाउन्नेमा भएको कार्यक्रम, शेखर कोईराला र सुजाता कोईरालाले गरेको कार्यक्रममा मात्रै कोरोना आउँने ?’ उनले प्रश्न गरेका छन् । ‘यो कस्तो कोइरालालाई मात्र लाग्ने कोरोना हो ?’ व्याङ्ग्यात्मक शैलीमा प्रश्न गर्दै उनले सवै कार्यकर्ताले बुझ्ने गरी जवाफ दिन प्रवक्ता शर्मालाई आग्रह गरेका छन् ।



    कोरोनाले चिसियो झापाली दुई शर्माको सम्बन्ध

    काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र महासमिति सदस्य डा.सुनिल शर्मा दुवै झापाली हुन् । प्रवक्ता शर्मा कांग्रेसको उदयवान नेताको रुपमा परिचित छन भने डा.शर्मा पनि राजनीतिसँँगै समाजसेवाका माध्यमबाट लोकप्रिय छन् ।

    झापामा जन्मिएर मोरङलाई राजनीतिक कार्यक्षेत्र बनाएका डा.शर्मा कम्युनिष्टको ‘लालकिल्ला’ मानिने मोरङको क्षेत्र नम्बर ३ लाई ‘डेन्जर जोन’ मा परिवर्तन गराउँन सफल बनेको भनेर पार्टीभित्र चर्चामा छन् ।

    प्रतिनिधिसभा निर्वाचनमा ४० हजार ५ सय ६ मत ल्याएर बाम गठबन्धनका उम्मेद्वार एवं वर्तमान स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग झिनो मतान्तरले पराजित भएका डा.शर्मा आगामी निर्वाचनमा ‘लालकिल्ला’ तोड्ने दाउमा छन् ।

    पार्टीभित्र शसांक, शेखर र सुजाता कोईरालाको विश्वासपात्र मानिने डा.शर्मा नेता कृष्णप्रसाद सिटौलासँग पनि नजिक छन् । उनले पार्टी प्रवक्ता शर्मालाई पनि ‘रोलमोडल’ नेता मान्दै आएका थिए ।

    शर्माले सामाजिक सञ्जालमा ‘केहि अघिसम्म मेरो रोलमोडल नेता’ भनेर पार्टी प्रवक्ता शर्मालाई संबोधन गर्नाले पनि उनीहरुवीचको सम्बन्ध चिसिएको प्रष्ट हुन्छ । डा.शर्माले कोरोनाको बिषयमा प्रवक्ता शर्माप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमै सार्वजनिक गर्नुले पनि दुई झापाली शर्माबीचको सम्बन्ध चिसिएको छर्लङ्ग भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार