Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • रौतहटमा चोकको नाम राख्ने विषयमा झडप हुँदा प्रहरीद्वारा हवाइ फायर

    रौतहटमा चोकको नाम राख्ने विषयमा झडप हुँदा प्रहरीद्वारा हवाइ फायर

    अनलाइन नेपाल
  • आइतबार, ९ कार्तिक २०७७
  • 4.6K
    SHARES

    रौतहट । गुजरा नगरपालिकाको वडा नम्बर १ र ७ को बीचमा रहेको चोकको नाम राख्ने विषयमा दुई वडाका युवाहरुको झडप भएको छ ।

    केही दिन अघि परसवा चोकको बोर्ड भत्काएर मनरहवा चोकको बोर्ड राखिएको थियो । तर, सो बोर्डमा कालो पोतिएपछि विवादले झडपको रुपमा लिएको हो ।



    झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गर्नुका साथै एक सेल अश्रुग्यास पनि प्रहार गर्नुपरेको छ । घटनामा एक दर्जनभन्दा घाइते रहेका छन् ।



    गुजरा नगरपालिका मेयर सन्तलाल चौधरीले यो विवादलाई दसैँपछि बसेर छलफल गरेर टुङ्ग्याउने प्रतिबद्धता जनाएका थिए । तर, आज एकाएक ११ बजे दुवै गाउँका युवाहरुबीच झडप भएको थियो ।

    इलका प्रहरी कार्यालय चन्द्रनिगाहपरका प्रमुख डिएसपी हेमबहादुर शाही र सो क्षेत्रमा रहेका प्रहरीहरु गएर स्थिति नियन्त्रणमा लिएका थिए । रौतहटका प्रहरी प्रमुख एसपी सिद्धविक्रम शाहले डिएसपी शाहीले दुवै गाउँका प्रतिनिधिलाई राखेर मध्यस्तताको प्रयास गरिरहेको जानकारी दिए ।

    झडपको स्थिति निम्त्याउनुमा वडा १ का अध्यक्ष राजकिशोर वण्ठा र ७ का अध्यक्ष मोफिल चौधरी जिम्मेवार रहेको स्थानीयको आरोप छ । हालसम्म प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गरेको छैन ।

    विगत १० वर्षदेखि मनहरा र परसवा गाउँको बीचमा रहेको चोकलाई परसवा चोक भनिँदै आएको छ । प्रायः हरेक दसैँमा यस चोकको नामलाई लिएर विवाद सिर्जना हुने गरेको छ । मनरहवा गाउँका मानिसहरुले चोकको नाम मनरहवा चोक राख्नुपर्ने बताउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार