काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट १३ लाख ८० हजार ८६२ परीक्षणहरु गरिएका छन् ।
२४ घण्टामा जम्मा १३ हजार ८४६ पीसीआर परीक्षण गरिएकोमा २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको छ ।
Leave a Reply