काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र नेतृ हिसिला यमीलाई कोरोना संक्रमण देखिएको छ ।
भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू र यमीलाई संक्रमित भएको जानकारी दिएका हुन्।
‘हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ’ उनले भनेका छन्, ‘कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो । चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौँ ।’
Leave a Reply