Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • काठमाडौँमा दिनहुँ ४० जना स्वास्थ्यकर्मी संक्रमित बन्दै

    काठमाडौँमा दिनहुँ ४० जना स्वास्थ्यकर्मी संक्रमित बन्दै

    अनलाइन नेपाल
  • शुक्रबार, ७ कार्तिक २०७७
  • 1.7K
    SHARES

    काठमाडाैँ । कोरोनाभाइरसको उपचारका लागि अग्रपंक्तिमा खटिएका करिब पाँच हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमितको उपचारमा खटिएकामध्ये एक चिकित्सकसहित तीनजना स्वास्थ्यकर्मीले संक्रमणबाट ज्यान गुमाए ।

    कोरोना जितेका स्वास्थ्यकर्मीहरु पुनः बिरामीको सेवामा फर्किएका छन् । चिकित्सकहरुको साझा संगठन नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की भन्छन्, ‘सुविधाको आकर्षणले भन्दा सेवाको भावले स्वास्थ्यकर्मी खटिरहेका छन् ।’



    दिनहूँ संक्रमितको उपचारमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीको संख्या ५ हजारभन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले बताए । उनका अनुसार यसरी खटिँदा आफै संक्रमित भएकामध्ये करिब ७५ प्रतिशत स्वास्थ्यकर्मी निको भइसकेका छन् ।



    सबैभन्दा बढी संक्रमण देखिएको काठमाडौँ उपत्यकामा दुई महिनायता दिनहुँ करिब ४० जना स्वास्थ्यकर्मी संक्रमित भइरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।

    हालसम्म संक्रमणमा परेका ५ हजार स्वास्थ्यकर्मीमध्ये करिब २ हजार जति चिकित्सक रहेका छन् । ‘न सरकार, न पैसाका लागि खटिरहेका छन्, विशुद्ध पेसागत धर्म निर्वाह गर्न ज्यान दाउमा लगाउँदै हप्तौँसम्म परिवारलाई नभेटी बिरामीको उपचार गरिरहेका छन्,’ संघका डा. लोचन कार्की भन्छन् । आजकोकान्तिपुर दैनिकमा खबर छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार