धनगढी। तस्कर समुहले प्रहरी जवान रामबहादुर साउदको पनि विभत्स हत्या गरेर मोहना नदीमा फ्याँकेको खुलेको छ ।
साउदको घाटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको छ ।
गत शनिबार राती अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक (असई )गोविन्द बिकसँगै साउद पनि नियमित गस्तीमा खटिएका थिए ।
नेपाल–भारत सीमामा तस्करीको लाइन भत्काउन खोज्दा अस्थायी प्रहरी विट जुगेडामा कार्यरत असई विक र जवान साउदको तस्कर समुहले हत्या गरेको प्रहरीको निष्कर्ष छ।असई बिकको हराएको पेस्तोल पनि नदीमै भेटिएको छ।
असई विकको पनि तस्कर समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको निष्कर्ष छ।
बिक आइतबार बिहान नेपाल–भारत सीमा स्थित धनगढी उपमहानगरपालिका वडा नम्बर १० को मोहना नदीमा हत्या गरेको अवस्थामा फेला परेका थिए ।
बिक भेटिएको स्थानदेखि २ सय मिटर टाढा साउदको शव आज बिहान भेटिएको हो ।
प्रहरी अनुसन्धान स्रोतका अनुसार पक्राउ परेका अभियुक्तहरुले तस्करीको सामान बरामद गर्न खोजेपछि प्रहरीमाथि हमला गरी हत्या गरेको प्रहरी समक्ष बयानका क्रममा स्वीकारेका छन् ।
खेतमा हत्या गरेर दुवै प्रहरीलाई नदीमा बगाउने उद्देश्यले फालिएको देखिन्छ ।
Leave a Reply