Online Nepal
  • बुधबार, १० पुष २०८१
  • असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

    असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

    अनलाइन नेपाल
  • मंगलबार, ४ कार्तिक २०७७
  • 5.3K
    SHARES

    धनगढी । गस्तीमा गएको बेला तस्कर समुहद्वारा प्रहरी सहायक निरीक्षक (असई)गोविन्द विकको हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा गएको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले अनुसन्धान थालेको छ ।

    सिआइबीको टोलीसँगै प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोली परिचालन गरिएको छ । घटनाको अनुसन्धानका लागि टोली घटनास्थलमा तैनाथ भएर आफ्नो काम गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिए ।



    धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी पोष्टका इन्चार्ज गोविन्द विकको धारिलो हतियार प्रहार गरी मोहना नदीमा फालेको अवस्थामा शव फेला परेको थियो । सँगै गस्तीमा गएका प्रहरी जवान रामवहादुर साउँदको अवस्था भने अझै अज्ञात रहेको छ ।



    उनको खोजीकार्य भइरहेको छ ।  सशस्त्र प्रहरीको गोताखोर टीमले समेत मोहना नदीमा उनको खोजी गरिरहेको छ । शनिवार राती १० बजेपछि असई बिक र जवान साउँद सम्पर्कविहिन भएका थिए । विकको आइतबार बिहान घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा मोहना नदीमा शव फेला परेको थियो भने जवान साउदको अवस्था अझै अज्ञात रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार