Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रहरीलाई देख्नासाथ १२ लाख छोडेर भाग्ने व्यक्ति को हुन ?

    प्रहरीलाई देख्नासाथ १२ लाख छोडेर भाग्ने व्यक्ति को हुन ?

    अनलाइन नेपाल
  • सोमबार, ३ कार्तिक २०७७
  • 3.8K
    SHARES

    फाइलल तस्विर

    बारा। जिल्ला प्रहरी कार्यालय बाराले सिम्रौनगढ नगरपालिका-९ कचोर्वास्थित पिपरा घाटबाट श्रोत नखुलेको नगद १२ लाख ३४ हजार ५ सय ९५ रुपैयाँ  बरामद गरेको छ ।
    भारतबाट नेपालतर्फ आउँदै गरेका अपरिचित व्यक्तिले जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीलाई देख्नासाथ आफूले बोकेको झोला छाडी फरार भएपछि झोला जाँच गर्ने क्रममा विभिन्न दरका उक्त नगद बरामद भएको हो ।

    बरामद रकम आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



    त्यस्तै, करिब ४ लाख ६८ हजार रुपैयाँ मूल्य बराबरको छोकडा, प्याज, सुर्ती र स्वीटर आइतबार बारा प्रहरीले बरामद गरेको छ ।



    जिल्ला प्रहरी कार्यालय बारा र मातहतबाट खटिएको प्रहरीले पचरौता नगरपालिका-१ बाट भारततर्फ निकासीका लागि लुकाई राखेको ५० हजार रुपैयाँ मूल्य बराबरको २० क्विन्टल छोकडा तथा जितपुरसिमरा उपमहानगरपालिका-२१ अम्लेखगंज र सोही उपमहानगरपालिका-१ पथलैयाबाट अवैध रुपमा भन्सार छलि ल्याएको करिब २ लाख ५० हजार रुपैयाँ बराबरको प्याज, १ लाख ५० हजार रुपैयाँ बराबरको सुर्ती र १८ हजार रुपैयाँ बराबरको स्वीटर गरी उक्त रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

    बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सा तथा राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार