Online Nepal
  • बुधबार, १० पुष २०८१
  • अवैध जडीबुटीसहित पक्राउ परेकामाथि कारवाही शुरु

    अवैध जडीबुटीसहित पक्राउ परेकामाथि कारवाही शुरु

    अनलाइन नेपाल
  • सोमबार, ३ कार्तिक २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । प्रतिबन्धित जडीबुटीको ट्रकसहित पक्राउ परेका तीन जनामाथि डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरले आजदेखि आवश्यक अनुसन्धान एवं कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

    इलाका प्रहरी कार्यालय पालुङ र डिभिजन वन कार्यालय पालुङबाट खटिएको टोलीले अवैधरुपमा ओसारपसार गरिरहेको अवस्थामा बा४ख ९६३२ नम्बरको ट्रकसहित तीन जनालाई पक्राउ गरेको थियो ।



    पक्राउ पर्नेमा ट्रक चालक थाहा नगरपालिका–७ का १९ वर्षीय राजकुमार गोले, ट्रकमा सवार रहेका उक्त स्थानका ५१ वर्षीय बुद्धीलाल थिङ र १८ वर्षीय रमेश थिङ रहेको बताइएको छ ।



    थाहा नगरपालिका–७ बाट डाँडाबासतर्फ आउँदै गरेको सो नम्बरको ट्रकलाई एक्कासी जाँच गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा अवैध जडीबुटी बरामद भएपछि निजलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार