Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • मिर्गौला पीडित किशोरीद्वारा जीवन रक्षा गरिदिन आग्रह

    मिर्गौला पीडित किशोरीद्वारा जीवन रक्षा गरिदिन आग्रह

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 1.5K
    SHARES

    पोखरा। जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक निवासी मिर्गौला रोगबाट पीडित एक किशोरीले आफ्नो जीवन बचाइदिन याचना गरेकि छिन । सो रोगको उपचार गर्न आर्थिक अभाव भएपछि १९ वर्षीया किशोरी सुस्मिता परियारले जीवन रक्षा गरिदिन सार्वजानिक अपील गरेकी हुन् ।

    चिकित्सकका अनुसार उनको दुवै मिर्गौलाले काम गर्न छाडेका छन् । उनी गत फागुन ९ गते स्वास्थ्यमा एक्कासि समस्या आएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि पुगेकी थिईन् । उपचारकारका क्रममा चिकित्सकले उनका दुवै मिर्गौलामा समस्या रहेको पत्ता लगाएका थिए ।



    अहिले उनीको हप्तामा दुई दिन डायलाइसिस गर्ने गरिएको छ । मिर्गौला प्रत्यारोपण गर्न पोखरामा सम्भव नहँदा चिकित्सकले काठमाडौ रिफर गरेका छन् । “पैसा छैन । कसरी काठमाडौ जानु रु डाक्टर सरले छिटो काठमाडौ जानुस् भन्नुभएको छ । ”गहभरि आँशु पार्दै पीडित किशोरीले भनिन् ।



    उनका बुबाआमाले मजदूरी गरेर दैनिक छाक टार्दै आएका छन् । “ उपचार गर्न परिवारसँग पैसा छैन । मेरो जीवनरक्षा गरिदिन सहयोगी हातालाई विनम्र अनुरोध गर्दछु ।”, उनीले भनिन् । कक्षा १२ उत्तीर्णपछि स्नातक अध्ययनको तयारीमा रहेकी उनीले गत मङ्सिरदेखि गाउँकै मेघराज आधारभूत विद्यालयमा निजी स्रोतमा अध्यापन गर्नसमेत शुरुआत गरेकी थिईन् ।

    किशोरीका बुबा सुरेश परियारले चिकित्सकले आफन्तले मिर्गौला प्रदान गरेको अवस्थामा एउटा मिर्गौला प्रत्यारोपणका लागि रु १८ देखि २० लाखसम्म खर्च हुने बताएको जानकारी दिए । उनले आवश्यक सहयोग गरेर छोरीको जीवन बचाइदिन आग्रह गर्नुभएको छ । किशोरीको स्वास्थ्य समस्याका बारेमा सार्वजनिक भएपछि अहिले गाउँवासी स्वदेश तथा विदेशमा रहेका व्यक्तिले सहयोग गर्ने क्रम शुरु भएको छ । स्थानीय केही युवाले ‘मिर्गौला पीडित सुस्मिता बचाउ’ अभियानमार्फत सहयोग जुटाउन शुरु गरेका छन् ।

    किशोरीलाई सहयोग गर्न इच्छुक व्यक्तिले माछापुच्छ्रे बैंकमा परियारको नाममा खोलिएको खाता नं १८६५५२४६६६७६९०१६ मा जम्मा गर्न सकिने गरी प्रबन्ध गरिएको अभियानकर्मी जिएम रानाभाटले बताए ।(रासस)

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार