Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • ५० प्रतिशत बेड काेराेना संक्रमितका लागि छुट्याउन स्वास्थ्य मन्त्रालयकाे निर्देशन

    ५० प्रतिशत बेड काेराेना संक्रमितका लागि छुट्याउन स्वास्थ्य मन्त्रालयकाे निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, २ कार्तिक २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेना संक्रमितका लागि ५० प्रतिशत बेड छुट्याउन अस्पतालहरूलाई निर्देशन दिएको छ ।

    मन्त्रालयले (काेराेना भाइरस) कोभिड-१९ का बिरामीका लागि ५० प्रतिशत बेड छुट्याउन सबै निजी, सहकारी, सरकारी र सामुदायिक अस्पतालहरूलाई निर्देशन दिएको हाे ।



    मन्त्रालयको आइतबार बसेको बैठकले आईसीयू पूर्वाधारसहित ५० प्रतिशत बेड छुट्याउन भनेको हो । यसअघि अस्पतालहरुलाई २० प्रतिशत र मेडिकल कलेजहरुलाई ३३ प्रतिशत बेड छुट्याउन भनेको थियो । तर संक्रमण बढेसँगै कम्तिमा ५० प्रतिशत सबै प्रकारका बेड छुट्याउन भनिएको हो ।



    साथै कोरोना संक्रमितको डिस्चार्ज अवधि पनि घटाएको छ । अब पछिल्लो तीन दिनमा लक्षण देखिएको छैन भने १० दिनमा डिस्चार्ज गर्न भनेको हो । यसअघि १० दिनमा पीसीआर गर्ने र पोजेटिभ आए १४ दिनमा टेष्ट नगरी पठाउन भनिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार