Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोनाले युरोपको अवस्था भयावह, इटलीमा एकै दिन ३ सय बढीकाे मृत्यु

    कोरोनाले युरोपको अवस्था भयावह, इटलीमा एकै दिन ३ सय बढीकाे मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 1.6K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को पछिल्लो केन्द्र बनेको युरोपको अवस्था थप भयाबह बनेको छ । इटालीमा कोभिड– १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै थप ३ सय ६८ जनाको मृत्यु भएको छ भने थप ३ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ।

    त्यस्तै इटालीपछि बढी प्रभावित रहेको इरानमा आइतबार थप ११३ जनाको मृत्यु भएको छ भने थप एक हजार २ सय ९ जनामा संक्रमण देखिएको छ। सोमबार बिहानसम्म इरानमा मृतकको संख्या ७ सय २४ पुगेको छ भने संक्रमितको संख्या १३ हजार ९३८ रहेको छ।



    युरोपेली मुलुक स्पेन र फ्रान्समा पनि कोभिड–१९ को संक्रमण बढिरहेको छ। पछिल्लो २४ घण्टामा स्पेनमा ९६ जनाको मृत्यु भएको छ भने फ्रान्समा ३६ जनाको मृत्यु भएको छ। स्पेनमा थप एक हजार ४ सय ५४ जनामा संक्रमण देखिँदा फ्रान्समा थप ९ सय २४ जनामा संक्रमण देखिएको छ। सोमबार बिहानसम्म स्पेनमा २९२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७ हजार ८ सयय ४५ पुगेको छ। त्यस्तै फ्रान्समा १२७ जनाको मृत्यु भएको छ भने ५ हजार ४ सय २३ पुगेको छ।



    त्यस्तै जर्मनीमा आइतबार मात्रै थप एक हजार २ सय १४ जनामा संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ। जर्मनीमा सोमबार बिहानसम्म ११ जनाको मृत्यु भएको छ भने ५ हजार ८ सय १३ संक्रमित भएका छन्।

    त्यस्तै पछिल्लो २४ घण्टामा चीनमा १४ जनामा संक्रमण देखिएको छ भने १४ जनाको मृत्यु भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा बेलायतमा १४, अमेरिकामा ११, नेदरल्यान्ड्समा ८, फिलिपिन्समा ४, दक्षिण कोरियामा ३, जापान, सान मारिनो र अस्ट्रेलियामा २–२ जना तथा स्विजरल्यान्ड, स्विडेन, बेल्जियम, डेनमार्क, ग्रीस, अल्जेरिया, हंगेरी र ग्वाटेमालामा एक–एक जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा जम्मा ६ सय ८२ को मृत्यु भएको छ भने थप १२ हजार ७ सय ६७ जनामा संक्रमण देखिएको छ।

    सोमबार बिहानसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ६ हजार ५ सय १५ पुगेको छ। त्यस्तै एक लाख ६९ हजारभन्दा बढीमा संक्रमण देखिँदा ७७ हजारभन्दा बढी निको भइसकेका छन्।अहिलेसम्म विश्वव्यापी रुपमा एक लाख ६२ हजार ६८७ जनामा कोरोनाको संक्रमण भएको छ, जसमध्ये ८० हजार चीनका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार