काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जस्थित मालपोत कार्यालय पर्सामा छापामारी १३ जना कर्मचारीसहित २१ जनालाई पक्राउ गरेको छ ।
कार्यालयको निर्धारित समय सकिएपछि पनि बाहिरी व्यक्तिको उपस्थितिमा कार्यलयमा गैरकानुनी ढंगबाट अवैध काम भइरहेको सूचनाको आधारमा बिहीबार राति प्रशासनले छापामारी उनीहरुलाई पक्राउ गरेको हो ।
बिहीबार राति करिब पौने ९ बजेको समयमा निमित्त प्रमुख सुमन कुमार झासहित १३ जना कर्मचारी र ८ जना लेखापढी व्यवसायीलाई प्रशासनको टोलीले नियन्त्रणमा लिएको प्रशासनले जनाएको छ ।
नियन्त्रणमा लिइएका कर्मचारीहरुलाई बोलाएको समयमा हाजिर हुनेगरी आज छाडिए पनि लेखापढी कानुन व्यवसायीहरुलाई भने अनुसन्धानका लागि प्रहरी हिरासतमै राखिएको छ ।
लेखापढी व्यवसायीहरु धर्मेन्द्र साह, रमेश यादव, लेखमानकुमार यादव, वीरेन्द्रकुमार साह, राजेन्द्रप्रसाद चौधरी, विजय विक्रम साह, रवीभुषण प्रसाद पटेल वडा प्रहरी कार्यालय विर्ताको हिरासतमा छन् ।
छापामारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।
प्रशासनको टोलीले रजिष्ट्रेसन फाँटको तीन वटा दराजमा राखिएको नगद १२ हजार २ दुई सय ५५ रुपैयाँ समेत बरामद गरेको छ ।
Leave a Reply