काठमाडौं । भक्तपुर इन्काउन्टर प्रकरणमा मानव अधिकार आयोगले ६ जना प्रहरीमाथि कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
आयोगको बुधबार बसेको बैठकले तत्कालीन महानगरीय अपराध महाशाखाबाट खटिएका अधिकृतलाई दोशी देखाउँदै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले महाशाखाका एसपी,डीएसपीसहित ६ जनालाई कारबाही गर्ने निर्णय गरेको छ । आयोगले ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा महाशाखाले गरेको इन्काउन्टरमा अजय तामाङ र गोपाल तामाङको हत्या भएको निष्कर्ष निकालेको छ ।
आयोगले विप्लव समूहका नेता कुमार पौडेलको इन्काउन्टरमा पनि प्रहरीलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ ।
Leave a Reply