Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • डेढ वर्षको छोरो बोकेर राप्तीमा हाम फालिन् आमा

    डेढ वर्षको छोरो बोकेर राप्तीमा हाम फालिन् आमा

    अनलाइन नेपाल
  • शुक्रबार, ३० असोज २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । चितवनकी एक महिला डेढ वर्षको छोरो बोकेर राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने आमालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

    भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी थिइन् ।



    इलाका प्रहरी कार्यालय गितानगरको टोलीले खोजी गर्दा हेमन्तीलाई हामफालेको स्थान नजिकैबाट सकुशल उद्धार गरेको हो । उनको डेढ वर्षको छोरो भने करिब २ किलोमिटर तल मेजरघाटमा मृत फेला परेको चितवन प्रहरीले जनाएको छ ।



    हेमन्ती बोटेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मापसे गरेकी उनले नदीमा हामफाल्नुको कारण भने अझै खुलेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार