Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ११ थान भरुवा बन्दुकसहित १० जना पक्राउ

    ११ थान भरुवा बन्दुकसहित १० जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २९ असोज २०७७
  • 3.7K
    SHARES

    सांकेतिक तस्विर

    बागलुङ । प्रहरीले ११ वटा भरुवा बन्दुक सहित १० जनालाई पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोलीले बुधवार राति उनीहरुलाई बागलुङको तमानखोला गाउँपालिका-२ बाट पक्राउ गरेको हो ।



    उनीहरुको घरमा भेटिएका हतियार बिना इजाजत राखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।



    उनीहरुलाई बिहीबार जिल्ला अदालतबाट म्याद थप गरेर धौलागिरी अस्पतालमा पीसीआर परीक्षणसमेत गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

    परीक्षणको रिपोर्ट नआएसम्म उनीहरु क्वारेन्टाइनमा राख्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार