Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • बालिकालाई बलात्कारपछि हत्या गरेकाे अभियाेगमा पक्राउ

    बालिकालाई बलात्कारपछि हत्या गरेकाे अभियाेगमा पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २९ असोज २०७७
  • 3.1K
    SHARES

    राैतहट । १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेकाे अभियाेगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा वृन्दावन नगरपालिका-४ राैतहटका ४५ वर्षीय चुनु साह तेली रहेका प्रहरीले जनाएकाे छ।



    २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय राैतहटबाट खटिएकाे टाेलिले अभियुक्त तेलीलाई राैतहटकाे गरूडा नगरपालिका-४ मा लुकीछिपी बसेकाे अबस्थामा नियन्त्रणमा लिएकाे हाे ।



    उनले आफ्नै छाेरीकी मिल्ने साथी १४ वर्षीय बालिकालाई असाेज १६ गते नजिकैकाे उखु खेतमा लगी ललाई-फकाइ जबरजस्ती करणी गरेकाे र बालिकाले सबैलाई भनिदिने भनेपछि हत्या गरेकाे स्विकार गरेका प्रहरीले जनाएकाे छ ।

    पक्राउ परेका तेलीलाई जिल्ला अदालत राैतहटबाट १५ दिनकाे म्याद थप गरी थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार