काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा १ हजार ६ सय ९२ जना, भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
हालसम्म देशभर संक्रमित हुनेको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको उनले बताए।
देशमा कुल संक्रमितमध्ये ६९.४ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८ सय २५ छ।
Leave a Reply