Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नवनियुक्त मन्त्रीहरुको सपथग्रहण भाेली

    नवनियुक्त मन्त्रीहरुको सपथग्रहण भाेली

    अनलाइन नेपाल
  • बुधबार, २८ असोज २०७७
  • 2.8K
    SHARES

    काठमाडाैं । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण बिहीबार हुने भएको छ ।

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार बिहीबार सपथग्रहण गर्नेगरी तयारी थालिएको छ । यद्यपी समय भने तय भइसकेको छैन ।



    मन्त्रिमण्डल पुनर्गठन गरिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् ।



    यस्तै कृष्णगोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् भने लिलानाथ श्रेष्ठ महिला बालबालिकामन्त्री बनेका छन् ।

    यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ ।

    यस्तै यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । अन्य मन्त्रीहरुमा भने यसअघिकै यथावत रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार